कञ्चनपुरका सिडिओको नाममा फेसबुक बनाएर पैसा मागेपछि …

कञ्चनपुरका सिडिओको नाममा फेसबुक बनाएर पैसा मागेपछि …

काठमाडौं । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई एक्कासी साथीहरुले फोन गरेर के समस्या परेको भनेर सोध्न थाले। शुक्रबार बेलुका लगातार ५–७ जनाले महतोलाई कति रूपैयाँ चाहिएको हो सर भनेर सहयोग दिन फोन गरेका थिए।

महतोको फेसबुक मेसेन्जरमा पनि त्यस्तै खालका मेसेजहरू आएका थिए। उनले कसैसँग पनि सहयोग मागेका थिएनन्। यसबारे तुरुन्त उनले खोजी सुरू गरे।

फेसबुकमा महतोको फोटो प्रोफाइलमा राखिएको थियो। कभरमा जिल्ला प्रशाशन कार्यालय कञ्चनपुरको फोटो थियो। मेसेन्जरमा पैसा माग्नेले गुगल वा फोन पेबाट मागेको थियो। ‘मोबाइल नम्बर र खाता नम्बर पनि पठाएको देखिन्छ। मेरा साथीहरूले स्क्रिनसट गरेर पठाएका छन्, नम्बरहरू नेपालका होइनन् जस्तो छ,’ उनले भने।

उनले आफ्नो नामको फेक आइडी देखेपछि त्यो साँचो नभएको भन्दै फेसबुकमै सूचना हाले। यस अकाउण्ट सम्बन्धमा आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको उनले बताए।

प्रकाशित मिति:     १२ असार २०७८, शनिबार  |    Himali Khabar