मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

सुदुरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन संसद सचिवालयमा पत्र दर्ता गराएका छन्। नेकपा एमाले सुदुरपश्चिममा विभाजन देखिएको तथा अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि आब्हान गरेको भोलिपल्टै मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन्।

सुदुरपश्चिममा माओवादी कमजोर भएपनि एमाले विभाजित भएको अवस्थामा एमालेका सांसदको मत पाउन भट्टले प्रयास सुरु गरेको नेताहरूको भनाई छ।

उसो त आठौं अधिवेशनको दोस्रो बैठकमा शुक्रबार एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले आफूहरूलाई छुट्टै सिटको व्यवस्था गर्न माग गरेका छन् ।

प्रकाशित मिति:     २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar