गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले सोमबार बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए । यसअघि मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा अन्तिममा उनको नाम काटेर बिन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो । काँग्रेसमा व्यक्तिवादी गुटका कारण दलित र पुरानो नेतालाई पाखा लगाएको भन्दै मुख्यमन्त्री पोखरेलको तीव्र आलोचना भएको थियो ।

प्रकाशित मिति:     २५ आश्विन २०७८, सोमबार  |    Himali Khabar