कास्कीमा आजदेखि सवारीमा जोर बिजोर प्रणाली लागू

कास्कीमा आजदेखि सवारीमा जोर बिजोर प्रणाली लागू

काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएपछि प्रशासनले आजदेखि कास्कीमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै कास्की प्रशासनले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागू गरेको हो । प्रशासनको निर्देशनपछि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने भएका छन् ।

प्रशासनको निर्देशन पछि प्रहरीले पोखरामा जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । प्रहरीले पोखराको मुख्य चोकहरू महेन्द्रपुल, बगर, चिप्लेढुङगा, अमरसिंह चोक, बुद्धचोक, पृथ्बीचोक, जिलो किलोमिटर लगायतका ठाउँमा चेकजाँच गरेर दर्जनौ सवारी नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति:     ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar