बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु

बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु

काठमाडौं, १६ चैत । बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली खेल्ने क्रममा युवाहरुबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको छ ।

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए ।
गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु भएको र केही युवा घाइते भएको हुनसक्ने खत्रीले बताए ।

मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट पाँच मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए ।

प्रकाशित मिति:     १६ चैत्र २०७७, सोमबार  |    Himali Khabar