ओली पक्ष नेकपा एमालेको कार्यालय पुनःस्थापना गर्दै, नुवाकोटमा बोर्ड फेरियो

ओली पक्ष नेकपा एमालेको कार्यालय पुनःस्थापना गर्दै, नुवाकोटमा बोर्ड फेरियो

काठमाडौं, २४ फागुन । सर्वोच्च अदालतको फैसलापछि विघटित नेकपा एमाले ब्युँताउन नेकपाको ओली पक्ष सक्रिय देखिएको छ। नेकपा एमाले र माओवादी केन्द्र कायम राख्ने उक्त फैसलाबाट खुशी ओली पक्षका नेता–कार्यकर्ताले कार्यालयको बोर्ड समेत परिवर्तन गर्न थालेका छन्।

नुवाकोटमा ओली पक्षका कार्यकर्ताले सोमबार पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका छन्। तत्कालीन एमालेका नुवाकोट उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बद्री मैनालीको नेतृत्वमा बोर्ड र चुनाव चिह्न सूर्य अंकित झन्डा राखिएको हो।

उक्त कार्यका लागि ओली पक्षका नुवाकोट स्थायी घर भएका केही नेता कार्यकर्ता काठमाडौंबाट नुवाकोट पुगेका थिए।

प्रकाशित मिति:     २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar