धापासीमा बाक्लो बस्तीकोबीचमा डिप बोरिङ खन्न थालेपछि स्थानीयको बिरोध

धापासीमा बाक्लो बस्तीकोबीचमा डिप बोरिङ खन्न थालेपछि स्थानीयको बिरोध

काठमाडौं,२३ फागुन । स्थानीयको सहमति नै नलिइ काठमाडौंको टाेखा नगरपालिका ५ धापासीमा डिप बोरिङ खन्न सुरु गरेपछि स्थानीयले बिरोध जनाएका छन । बाक्लो मानवबस्तीको बीचमा डिप बोरिङ गरेर मानवबस्तीलाई नै विस्थापित गर्न खोजेको भन्दै स्थानीयले बिरोध जनाएका हुन ।

डिप बोरिङले तत्काल वरपरका पानीको स्रोतहरु सुक्ने सम्भावना उच्च रहन्छ भने जमिन खोक्रो हुने हुँदा दीर्घकालमा वरपरको जमिन भासिने सम्भावना समेत बढ्ने भुगर्भ बिद्हरुको तर्क छ । त्यसले गर्दा स्थानीयले कुनै खुला र फराकिलो स्थानको खोजी गरि बोरिङ खन्न नगरपालिका र वडालाई सुझाव दिएका छन ।

उसो त सो स्थानमा वडाले पार्क बनाउने घोषणा गरेको थियो । सोही वडामा गत बर्ष बसुन्धरामा पार्क शिलान्यास गर्ने बेलामा स्थानीयका लागि मेलम्ची आउने भन्दै ढलान बाटो खनेर पाईप हालेपनि अहिले डिप बोरिङ गर्न थालेपछि थप रुष्ट बनेका हुन । स्थानीयलाई पार्क बनाउने अश्वासन दिएर बिना कुनै सल्लाह बस्तीनै जोखिममा पार्नेगरि अन्य पुर्वाधार निर्माण गर्नु आपत्तिजनक भएको स्थानीय बताउँछन् ।

विकास निर्माणमा स्थानीयलाई पेल्ने भन्दापनि नागरिक सहभागिता बढाउने तिर सोच्न उनीहरुको सुझाव छ ।

प्रकाशित मिति:     २३ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar