गोरूजुधाई पर्व स्थगित भएपनि काङ्ग्रेस नेता अधिकारीद्वारा किसानलाई एक लाख पुरस्कार घोषणा

गोरूजुधाई पर्व स्थगित भएपनि काङ्ग्रेस नेता अधिकारीद्वारा किसानलाई एक लाख पुरस्कार घोषणा

काठमाडौं । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् समाजसेवी शिव अधिकारी “अविरल” ले तारुकाको ऐतिहासिक गोरूजुधाई पर्व स्थगित भएपनि किसानको मनोवल उच्च राख्न एक लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । उनले सामाजिक संजाल मार्फत उक्त पुरस्कार घोषणा गरेका हुन ।

हरेक बर्ष माघेसंक्रान्तिको दिन नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर ३ चन्दनीमा आयोजना हुँदै आएको ऐतिहासिक गोरुजुधाई पर्व यसपटक कोरोना महामारीको कारण स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालयले महामारीलाई मध्यनजर गर्दै जिल्ला भित्र २५ जनाभन्दा बढि भेला गरेर कुनैपनी सभा, सम्मेलन, मेला- महोत्सव आयोजना नगर्न निर्देशन जारी गरेको छ । तर तारुकाकै गौरवको रुपमा स्थापित गोरुजुधाई स्थगित भएपनि स्थानीय नागरिक र गोरुपालक किसानको प्रोत्साहनका लागि उक्त पुरस्कार घोषणा गरेको उनले जानकारी दिए । यो पुरस्कार रकम सबै गोरुपालक किसानलाई दामासाही हिसाबले प्रदान गरिने जनाइएको छ ।

“अनौपचारिक रुपमा गोरु जुधाएपनि नजुधाएपनि यो रकम सबै गोरुपालक किसानको मनोबल बृत्तिका लागि सहयोगसिद्ध हुनेछ, भन्ने मेरो बुझाई हो । यसका साथै स्थानिय क्षेत्रको बिकास, संस्कृतिको प्रवद्र्धन र जनजिबिकाका सवालमा विगतदेखीको मेरो क्रियाशिलता अझै मजबुत भएर लाग्ने सम्पूर्ण तारकेश्वरबासीमा प्रण समेत गर्दछु ।” नेता अधिकारीले सामाजिक संजालमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति:     २९ पुष २०७८, बिहीबार  |    Himali Khabar