तारकेश्वर गाउँपालिकामा अनियमितता मौलाएको कांग्रेसको ठहर, उचित छानबिन गर्न माग

तारकेश्वर गाउँपालिकामा अनियमितता मौलाएको कांग्रेसको ठहर, उचित छानबिन गर्न माग

नुवाकोट । तारकेश्वर गाउँपालिकाको स्थानीय सरकार पक्षपातपूर्ण भएको र अनियमितता मौलाउँदै गएको भन्दै उचित छानविन गरी दोषि उपचार कारबाही गर्न माग गरेको छ । नेपाली कांग्रेस नुवाकोटा तारकेश्वर गाउँपालिकाका सभापति केशवराज अर्यालले हिजो गाउँपालिका अध्यक्ष रमेश वस्तीलाई ९ बुँदे ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन ।

टोलीले विकास बजेटको रकम हिनामिना भएको भन्दै दोशीउपर कडा कारबाही गरी हिसाब मिलान गराउन आग्रह गरेको छ। यसअघि महालेखा परीक्षकको कार्यालयले समेत गाउँपालिकामा ठुलो रकम बेरुजु रहेको तथ्य सार्वजनिक गरिसकेकाले तर उक्त बेरुजु रकम विकास बजेटको शिर्षकबाट कटौती गरि तिरिएको भन्दै जुन शिर्षकमा बेरुजु भएको हो उसैमाफर्त भरपाइ गर्न गाउँपालिका अध्यक्षलाई आग्रह गरेको छ ।

यसका साथै सरकारी बजेटलाई कार्यकर्तामुखी बजेटका रुपमा विकास गरी राजनीति गर्ने साधनका रुपमा योजना छनौट भईरहेको भन्दै दिर्घकालिन प्रभाव हुने गरी योजना छनौट गर्न समेत आग्रह गरिएको छ । अनियन्त्रीत रुपमा भईरहेको ढुंगागिट्टि उत्खनन तत्काल बन्द गर्नुपर्ने, बुधसिंह र तारुकामा स्वास्थ्यचौकी निर्माणका लागि व्यक्तिबाट जग्गा लिएर पनि अन्यत्र स्वास्थ्य चौकी निर्माण गर्न लागिएको भन्दै सम्बन्धीत स्थानमै निर्माणकार्य सुरु गर्न आग्रह समेत गरिएको छ ।

प्राकृतिक स्रोतको उत्खन्न गरी ठूलो रकम अनियमितता गरेको पाइएकाले त्यसको लिखित जवाफ सार्वजनिक गर्न तारकेश्वर कांग्रेसले माग गरेको छ।

प्रकाशित मिति:     ११ पुष २०७८, आईतवार  |    Himali Khabar