रसुवामा कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा टानकाे कोषाध्यक्ष ग्याम्दान पराजित

रसुवामा कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा टानकाे कोषाध्यक्ष ग्याम्दान पराजित

रसुवा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएको रसुवामा आज वडा अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएपनि रसुवामा भने केहिदिन अघिमात्र क्रियाशील विवाद मिलेको थियो ।

आज भएको वडा अधिवेशनमा उत्तरगया गाउँपालिका वडा नम्बर ५ बाट क्षेत्रीय प्रतिनिधिका उम्मेदवार ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को कोषाध्यक्ष ऋतु ग्याम्दान पराजित भएकि छिन ।

रसुवा कांग्रेसको नेतृ ग्याम्दान तरुण दलको केन्द्रिय महिला पार्सद सदस्य समेत हुन । तर उनले वडा अधिवेशनमा जम्मा १५ मत मात्र प्राप्त गर्दै लज्जास्पद हार व्यहोर्नुपरेको छ ।

प्रकाशित मिति:     २९ कार्तिक २०७८, सोमबार  |    Himali Khabar