पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन

पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ। म्याग्दे गाउँपालिका–४ थर्पुमा लेदो माटो खसेर आज बिहानदेखि अवरुद्ध भएको सडक बिहानदेखि पुनः सञ्चालन भएको प्रहरीले जनाएको छ।

लेदो माटोसहितको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालन भएको प्रहरी चौकी थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए। लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेको थियो। सोमबार रातिदेखि परेको वर्षाका कारण म्याग्देका केही ठाउँ डुबानमा परेका छन् । जिल्ला प्रशासनले कार्यालयले आजदेखि तीन दिन भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको छ । अहिलेसम्म जिल्लामा वर्षाका कारण क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:     १६ असार २०७८, बुधबार  |    Himali Khabar