नुवाकोट । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् एन्जिलिना शिवशक्ति ट्रष्टका अध्यक्ष शिव अधिकारी “अविरल”ले नुवाकोटका विभिन्न तहका स्वास्थ्य केन्द्र र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहित अन्य थुप्रै स्वास्थ सामग्री प्रदान गरेका छन । अध्यक्ष अधिकारीले आज एकैदिन तारकेश्वर गाउँपालिकामा ५ थान , विदुर नगरपालिकाको त्रिशुली अस्पताल ४ थान , बेल्कोटगढी नगरपलिकामा २ थान , मेघाङ र किस्पाङ २/२ थान र ककनी र सुर्यगढीमा १/१थान गरि १७ थान अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न औषधि र अन्य स्वस्थ्य सामाग्री प्रदान गरेका हुन ।
बोधिसत्व विहारसँगको सहकार्यमा अधिकारीले आज एकैदिन ६५ लाख बराबरको सामाग्री प्रदान गरेका हुन । हस्तान्तरण कार्यक्रममा ट्रस्टका अध्यक्ष अधिकारीसँगै नेपाली कांग्रेसका क्षेत्रीय सभापति यादव नेपाल, पूर्व क्षेत्रीय सभापति राजकुमार भट्टराई लगायत स्थानीय नेता एवम नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।
त्रिशुली अस्पतालमा नुवाकोट, रसुवा र धादिङ तीनै जिल्लाका कोरोना संक्रमितको उपचार गरिरहेको छ । यो मेसिन प्रदान गरेसंगै सन्क्रमितको उपचारमा ठुलो मद्दत पुग्ने अस्पताल प्रशासनले जनाएको छ ।
कोरोनाको दोस्रो लहर बढेसंगै नुवाकोटको तार्केश्वर गाउँपालिका लगायतका नागरिकलाई मास्क, सेनिटाइजर र सबै स्वास्थ केन्द्रलाई २१ थरिका अत्यावश्यक औषधि प्रदान गरेका छन । यो पवित्र कार्यमा सहयोग र सहकार्य गर्ने बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी र कार्यक्रम संयोजक शान्त शर्माप्रति अधिकारीले विशेष आभार प्रकट गरेका छन । उनले आगामी दिनमा पनि नागरिको सेवामा लागिरहने प्रतिबद्धता जनाए ।