महानगरलाई आईसोलेसन सेन्टर संचालनमा लायन्स क्लब अफ हिमालयाज पाटनको सहयोग

महानगरलाई आईसोलेसन सेन्टर संचालनमा लायन्स क्लब अफ हिमालयाज पाटनको सहयोग

काठमाडौं । कोरोनाले आक्रान्त स्थानीय समुदायलाई सहयोग गर्ने उद्देश्यले ललितपुर महानगरपालिकाले निर्मांण गरेको आईसोलशन सेन्टरमा लायन्स क्लब अफ हिमालयाज पाटनले सहयोग गरेको छ । महानगरपालिकाको बागडोल स्थित ज्यापु भवनमा स्थापना गरेको ११० बेड र सुनाकोठीमा रहेको ६० बेडको सेन्टरको लागि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब अफ हिमालयाज अध्यक्ष लायन प्रदिप अमात्यले महानगरका नगर प्रमुख चिरीबाबु महर्जनलाई एक कार्यक्रमकाविच स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै लायन्स क्लबले कोभिड १९ को माहामारीमा स्थानीय सरकासगँको सहकार्य गरेको जानकारी दिए। अध्यक्ष अमात्यले स्वास्थ्य सामाग्री अन्र्तगत पि.पि.ई ३० थान, ईलेक्ट्रिक बाफ लिने मेशिन १५ थान, पल्स अक्सिमिटर १५ थान, थर्मल गन ५ थान, थर्मोमिटर १० थान, माक्स के एन ९५ ६० पिस, माक्स ३० बक्स, पन्जा ६० थान र स्यानिटाईजर ३० लि गरी झण्डै १ लाख बराबरको सामान उपलब्ध गराईएको जानकारी दिए । उनले सिंगो मुलुकले स्वास्थ्य संकट झेलिरहेको विषम परिस्थितीमा सामुहिक सहयोग र सद्भावको भावना आवश्यक रहेकोले यस अभियानमा सहभागी हुन सबैलाई आग्रह गरे ।

सो कार्यक्रममा लायन्स क्लब अफ पाटन उर्जाले पनि सुनाकोठी स्थित ६० बेडको आईसोलेसन सेन्टरको लागि स्वास्थ्य सामग्रीहरु ललितपुर महानगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेको थियो । क्लबको तर्फबाट लायन मणि रत्न शाक्यले हस्तान्तरण लायन्स क्लब अफ पाटन उर्जाले पि.पि.ई १० थान, पि.पि.ई, गाउन १० थान, माक्स १० बक्स, पन्जा १० बक्स, भाइजर १५ पिस, हेयर क्याप १० बक्स गरी जम्मा ५० हजारको सामान उपलब्ध गरेको लायन सन्जय नाथ जोशीले जानकारी दिए ।

कार्यक्रममा सहयोगी हातलाई धन्यवाद दिदै ललितपुर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाका सपृथक अवधारणा सहित संचालनमा ल्याएको आईसोलेशन सेन्टरहरुमा मा लायन्स क्लब अफ हिमालयाज र पाटनको कार्यले स्थानीय सरकारलाई प्रेरणा मिलेको बताए। उनले अप्ठेरा परिस्गितीमा स्थानीय सरकार एक्लैले समस्या समाधान गर्न सम्भव नरेहेकाले लायन्स तथा अन्य सामाजिक संघ सस्थालाई आफ्नो क्षमता र स्रोत अनुरुप सहयोग गर्न आग्रह गरे ।
उनले ललितपुर महानगरपालिकाले सुनाकोठी स्थित पोषण केन्द्रमा संचालन रहेको ६० बेडको आईसोलेसन सेन्टरमा ४४ जना नागरिकले उपचार गराइरहेको र बागडोल स्थित ज्यापु भवनमा ११० बेड आईसोलेसन सेन्टरमा ३४ जनाले उपचार गराइरहेकोमा जानकारी दिए ।

यस्तै कार्यक्रम नगर उपप्रमुख गिता सत्यालले सामाजिक अभियानमा लायन्स क्लबले विगत तथा वर्तमानमा गरिरहेका कामको प्रशंसा गर्दै धन्यवाद दिए । उनले कोभिड १९ का कारण सृजित असहज परिस्थिती स्थानीय सरकार तथा नागरिकको सहकार्यमा सहज बनाउन सम्भव रहेको बताए ।

क्लबका तर्फबाट पूर्व अध्यक्ष अशोक श्रेष्ठले लायन्सले संचालन गरेका विभिन्न सामाजिक अभियानको जानकारी गराउदै संचालन भईरहेको दन्त सेवाबाट नगरबासीहरुले लाभ लिन सक्ने बताएक ।

प्रकाशित मिति:     ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar