काठमाडौं । नेपाल जेसिजले बेथानचोक जेसिजका अध्यक्ष हरि कृष्ण दाहाललाई पुरस्कृत गरेको छ । नेपाल जेसिजको आयोजनामा यहि बैशाख २४ गतेदेखि ३० गतेसम्म संचालित ७ दिने कार्यक्रम ‘स्प्लिेन्डिड ७’ (७ दिन, ७ विषय, ७ बक्ता र ७ बजे) मा नेपाल जेसिजको एरिया ‘सी’ को तर्फबाट बेथानचोक जेसिजका अध्यक्ष दाहाललाई पुरस्कृत गरिएको हो ।
विहीबार जेसिआइका महासचिव जेसिआइ सिनेटर केभिन हिनको प्रमुख आथित्यमा भएको समापन कार्यक्रम नेपाल जेसिजका रास्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर अरुणेस्वर खनालले दाहाललाई पुरस्कृत गरेका हुन् ।
सोही अवसरमा नेपाल जेसिजको एरिका ‘डि’ को तर्फबाट तुलसीपुरनगर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई, एरिया ‘ए’को तर्फबाट दमक जेसिजका शाखा अध्यक्ष सुयोग खरेल, एरिया ‘वि’ को तर्फबाट नारायणघाट जेसिजका शाखा अध्यक्ष बासुदेब दवाडीलाई पनि पुरस्कृत गरिएको थियो ।
नेपाल जेसिजले जेसिज अभियानकर्ताहरुको क्षमता अभिवृद्धि गर्न, कोभिडको समयमा मनोबल उच्च बनाउन, क्षमतावान तथा क्रियाशिल बनाउन ७ दिन विभिन्न बिधाका बिज्ञहरुको उपस्थितिमा बृहत कार्यक्रम आयोजना गरेको थियो ।