कांग्रेसका नेता अधिकारीद्वारा तारकेश्वरमा ९ हजार मास्क र १ हजार बोतल सेनिटाइजर प्रदान

कांग्रेसका नेता अधिकारीद्वारा तारकेश्वरमा ९ हजार मास्क र १ हजार बोतल सेनिटाइजर प्रदान

नुवाकोट । पछिल्लो समय कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ। दैनिक हजारौ संक्रमित थपिइरहेका छन् भने ५० भन्दा बढीले ज्यान गुमाइरहेका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिकामा पनि कोरोना संक्रमण बढ्दै गएपछि नेपाली कांग्रेस नुवाकोटका युवा नेता एवम् समाजसेवी शिव अधिकारी ‘अविरल’ले पुनः नागरिकको स्वास्थ्यका लागि मास्क र सेनिटाइजनर वितरण सुरु गरेका छन् ।

हिजोमात्र उनले तारकेश्वरका विभिन्न टोलमा पुगेर संक्रमणको वस्तुस्थिति अध्ययन गर्दै ६ हजार मास्क र ५ सय बोतल स्यानिटाइजर प्रदान गरे । तारकेश्वर वडा नं २, वडा नं ४, वडा नं ६ लाई, वडा नं ५ लाई र वडा नं १ लाई मास्क र सेनिटाइजर प्रदान गरेका छन् ।

यस्तै आजै वडा नं ३ सहित संक्रमण जोखिम रहेको विभिन्न ठाउँहरुका लागि ३ हजार मास्क र ५ सय सेनिटाइजर पठाएका छन् । रगतमा अक्सिजनको मात्रा नाप्ने पल्स अक्सिमिटर लगायत अन्य आवश्यक सामग्री छिटै पठाउने निर्णय उनले बताए ।

संकटको घडीमा एकजुट भएर एकअर्कालाई सहयोग गर्न, स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च मनोबल राखेर महामारीसँग जुध्नु सबैलाई आग्रह गरे । उनले आगामी दिनमा आवश्यक स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

गत वर्ष पनि उनले कोरोना संक्रमणबाट नागरिकलाई जोगाँउन ३० हजार भन्दा बढी मास्क, सेनिटाइजर र स्थानी स्वास्थ्यकर्मीहरुका लागि पिपिई लगायतका स्वास्थ्य सुरक्षा कवज प्रदान गरेका थिए ।

प्रकाशित मिति:     २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar