कांग्रेस नेता अधिकारीको आफ्नै लगानीमा तारकेश्वरमा मोटरबाटो निर्माण सुरु, स्थानीय खुसी

कांग्रेस नेता अधिकारीको आफ्नै लगानीमा तारकेश्वरमा मोटरबाटो निर्माण सुरु, स्थानीय खुसी

नुवाकोट । गन्तव्य नेपालका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता शिव अधिकारी अबिरलको व्यक्तिगत लगानीमा नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ३ हटियाको डाँडाबारीदेखी वडा नम्बर ४ बुधसिंहको तिसमुरे हुँदै छापागाँउ जोड्ने कृषि मोटरबाटो निर्माण सुरु भएको छ। उक्त ५ किलोमिटर मोटरबाटोको उनले शिलन्यास तथा निर्माण कार्य शुभारम्भ गरेका हुन ।

बाटो निर्माण पश्चात तारकेश्वर वडा नम्बर ३ र ४ का सयौँ घरपरिवार लाभाविन्त हुनेछन् । राम्रो बाटो नहुँदा निकै समस्या भोग्दै आएका उनीहरु मोटरबाटो निर्माण सुरु भएसँगै निकै खुसी छन् ।

यस्तै नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर २ स्थीत श्रीकृष्ण माविमा बिगत १८ बर्षदेखि अध्यापन गराउँदै आएका शिक्षक देबीप्रसाद अधिकारीको सम्मान तथा बिदाई कार्यक्रममा उनले शिक्षक अधिकारीलाई नगद २० हजार सहित सम्मान गरे । यस्तै कार्यक्रमको प्रमुख अतिथि अधिकारीले प्रतिभावान एक छात्र र एक छात्रालाई जनही ५ हजार प्रदान गरी प्रोत्साहन गरे । आगामी तिन बर्षसम्म शिक्षक तथा बिद्यार्थी सम्मान कार्यक्रम जारी रहने पनि उनले बताए ।

यस्तै नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर ४ बुधसिंह छापागाँउ स्थीत आमा समुहलाई महिला सशक्तिकरणका लागि १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । नुवाकोटको विकासलाई जोड दिदै विभिन्न कार्य गर्दै आएका नेता अधिकारीले महिलाहरुको सशक्तिकरणमा आगामी दिनमा पनि आवश्यक सहयोग गर्दै जाने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति:     ७ बैशाख २०७८, मंगलवार  |    Himali Khabar