तारकेश्वरको विभिन्न स्थानमा सडक बत्ती जडान

तारकेश्वरको विभिन्न स्थानमा सडक बत्ती जडान

नुवाकोट । तारकेश्वर गाउँपालिकाको विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको छ । वडा नम्बर २ को तारुकाघाटको मरनघाट, महादेब मन्दिर, २ कै सातदोबाटो, ३ को ढकालगाउँ, जोरचौतारा र ६ को मझुवा र कुवापानीमा सोलार बत्ति जडान गरिएको छ ।

मानिसको बढि ओहोरदोहोर बढि हुने उक्त क्षेत्रमा रातको समयमा सहज यात्राका लागि यस्तो ब्यवस्था गरिएको अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो । अब अन्य स्थानमा पनि यस्तो बत्ती जडान गरि तारकेश्वरलाइ झिलिमिली बनाइने उहाँले बताउनुभयो ।

प्रकाशित मिति:     २७ कार्तिक २०७९, आईतवार  |    Himali Khabar