काभ्रेको उज्यालो महिला समाजलाई बेथानचोक जेसिजको सहयोग

काभ्रेको उज्यालो महिला समाजलाई बेथानचोक जेसिजको सहयोग

काठमाडौं, २७ फागुन । काभ्रेको बेथानचोक जेसिजले उज्यालो महिला समाज, काभ्रेलाई एक थान कम्प्युटर टेबल हस्तान्तरण गरेको छ । काभ्रे जेसिजका अध्यक्ष हरिकृष्ण दाहालले समाजकी अध्यक्ष रुकमणी सिग्देल तिमल्सिनालाई उक्त टेबल हस्तान्तरण गरेका हुन ।

जेसिजले मुलुकका विभिन्न भु–भागमा सामाजिक सेवाको कार्य गर्दै आएको छ । सोही क्रममा यस संस्थालाई पनि सहयोग गरेको हो ।

उज्यालो महिला समाज तीन वर्षअघि स्थापना भएको हो ।

प्रकाशित मिति:     २७ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar