स्रोत नखुलेको साढे ३८ लाखसहित वीरगञ्जमा २ जना पक्राउ

स्रोत नखुलेको साढे ३८ लाखसहित वीरगञ्जमा २ जना पक्राउ

वीरगञ्ज । वीरगञ्ज माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छापा मारेको छ। वीरगञ्ज–६ माइस्थान चोक अगाडि कन्हैयाप्रसाद सोनारले घरमा संचालन भएको सुन पसलमा प्रहरीले छापा मारेको हो ।

अवैध वित्तीय (हुण्डी) कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली छापा मारेको हो । बुधबार पसलमा खानतलासी गर्दा स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ नगद बरामद गरेको छ । सञ्चालक कन्हैयाप्रसाद सोनार र बारा परवानीपुर ३ बस्ने दिपककुमार सर्राफलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति:     ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar