रसुवा । नेकपा एमाले रसुवामा पहिरो गएको छ । आज नेकपा एमाले र माअाेवादी केन्द्र परित्याग गरि रसुवाका १९ जना नेता तथा कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् ।
काङ्ग्रेस प्रवेश गर्नेमा अधिकाम्श नेकपा एमालेका नेता, कार्यकर्ता छन् । एमालेका जिल्ला कमिटी सदस्य, पालिका र वडा कमिटी सदस्यहरु छन् । उनीहरुलाई आज जिल्ला कार्यसमितिद्वारा आयोजना एक कार्यक्रमकाबीच नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् संघीय साम्सद मोहन आचार्यले पार्टी प्रवेश गराउनु भएको हो ।
कार्यक्रममा उहाँले काङ्ग्रेस मुलुकको विकास र समृद्धि बाहाक भएको भन्दै सबैलाई स्वागत गर्नुभयो ।