नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले `तार्केश्वर शिक्षक नियमावली´ लाई संघीय नियमावली अनुसार लैजाने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेसंगै अब सबै विद्यालयहरुमा गठित व्यवस्थापन समिती भङ्ग हुने छ ।
यस्तै बैठकले करार सेवामा रहेका कर्मचारीहरुको करार नविकरण नगर्ने निर्णय पनि गरेको पालिका स्रोतले जनाएको छ ।
आजै बसेको बैठकले समयमै निर्माण कार्य सम्पन्न नगरेर ठेक्काकाे म्याद थपका लागि निवेदन दिएकाहरुको म्याद थप नगर्ने निर्णय पनि गरेको छ । यसका अलवा आईइ प्रतिवेदन पास गर्नुका साथै तार्केश्वरकै गौरापार्वती सामुदायिक अस्पताललाई पालिका मातहतमा लगेर सुबिधासम्पन्न बनाउन वडा न ३ का वडा अध्यक्ष सुर्यमान श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरिएको जानकारी दिइएको छ ।