त्रिपुरासुन्दरी- ७ को वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार दनैलाई किन मतदान गर्ने ?

त्रिपुरासुन्दरी- ७ को वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार दनैलाई किन मतदान गर्ने ?

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- ७ को वडा अध्यक्षमा शरद चन्द्र दनैले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । “पार्टीलाई पटक-पटक स्वतन्त्रलाई यस पटक” भन्ने नारासहित उहाँले मतदातासँग मत माग्नु भएको छ ।

उहाँको चुनाव चिन्ह हाँस रहेको छ । उहाँले बुढीगण्डकी विस्थापितलाई आर्थिक समृद्धि, स्वास्थ र कृषिमा आत्मनिर्भरतालाई जोड दिनुभएको छ । यस्तै आफू विजयी भएमा आगामी साउनदेखि लागू हुनेगरी ८० बर्ष पुगेका वृद्धलाई खाइपाइ आएको भत्तामा एक हजार रुपैयाँ थप गर्ने, अल्पु पार्क सुकौरा र साघुँडाँडा सिवालय मन्दिर क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लगायतका २५ बुँदे योजना अघि सार्नु भएको छ ।

तीन दशक भन्दा लामो समय नेकपा एमालेबाट राजनीतिमा सक्रिय उहाँले केहिदिन अघिमात्र उक्त पार्टीसँगको आवद्धता ताेड्नु भएको हो । यस्ता छ्न उहाँका चुनावी एजेन्डाहरु …

प्रकाशित मिति:     २४ बैशाख २०७९, शनिबार  |    Himali Khabar