अनुदानकाे चामल अनियमिततामा मुछिएका शर्मा पनि मेयरमा सिफारिस

अनुदानकाे चामल अनियमिततामा मुछिएका शर्मा पनि मेयरमा सिफारिस

दैलेख । नेपाली कांग्रेस दैलेख चमुन्डा बिन्द्रासैनी नगरपालिकामा कांग्रेसबाट अनुदानकाे चामल अनियमिततामा मुछिएका बासुदेव शर्माकाे नाम पनि सिफारिसमा परेकाे छ । वैशाख ३० गते हने स्थानीय तहके निर्वाचनका लागि कांग्रेसले मेयरकाे सम्भावित उमेदवारकाे नाम पठाउँदा शर्माकाे नाम पनि पठाएकाे हाे ।

शर्माकाे नाम मेयरमा सिफारिस भएपछि स्थानीय कांग्रेस नेताले असन्तुष्टि जनाएका छन् ।

कर्णालीकाे मुगु पठाउन लागिएकाे चामल अनियमितता गर्दै भक्तपुर ल्याउन लाग्दा अनियमितताकाे पर्दाफास भएकाे थियाे ।

के थियाे घटना ?
अनुसन्धानमा संलग्न एक कर्मचारीका अनुसार ना६ख ५७२१ नम्बरको ट्रकमा रहेको २ सय ५० क्विन्टल चामल आपूर्तिकर्ता शर्माले भक्तपुर पठाउन लागेका थिए । उनी दुर्गा भगवती इन्टरप्राइजेज र शर्मा निर्माण सेवाका प्रोप्राइटर हुन् । शर्मा निर्माण सेवा खाद्य कम्पनीको खाद्यान्न आपूर्तिकर्ता फर्म हो । उनले त्यही फर्मको नाममा कम्पनीबाट उठाएको चामल इन्टरप्राइजेजमार्फत भक्तपुरको अजय खाद्यान्न सप्लायर्सलाई पठाउन लागेका थिए । कम्पनीको सुर्खेतस्थित शाखा कार्यालयका अनुसार शर्मा निर्माण सेवाले चालु आर्थिक वर्षमा मुगुको कालैमा ३ हजार क्विन्टल, सोरुकोट, पुलु र कालीकोटको थिर्पुमा एक/एक हजार क्विन्टल तथा दैलेखको चामुण्डा र ठाँटीकाँधमा ५/५ सय क्विन्टल चामल ढुवानी गर्ने सम्झौता गरेको थियाे ।

प्रकाशित मिति:     ९ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar