उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि राजीनामा दिनुपर्ने

उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि राजीनामा दिनुपर्ने

काठमाडौं । वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने भए जनप्रतिनिधिहरूले राजीनामा दिनुपर्ने भएको छ।

०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा उम्मेदवार बन्ने भए ०७४ को चुनावबाट जनप्रतिनिधि बनेकाले राजीनामा दिनुपर्ने निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ।

चुनावबाट निर्वाचित वा मनोनीत व्यक्ति उम्मेदवार बन्ने भए मनोनयन दर्ताअघि नै राजीनामा दिइसक्नुपर्ने आयोगको आचारसंहितामा उल्लेख छ। ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ,’ निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ मा भनिएको छ।

प्रकाशित मिति:     ४ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar