मन्दिर बनाउने बिषयमा एमालेका नेताले गरे स्थानियमाथि कुटपिट

मन्दिर बनाउने बिषयमा एमालेका  नेताले गरे स्थानियमाथि कुटपिट

ओखलढुंगा । ओखढुंगा सिद्धिचरण नगरपालिका वडा नम्बर २ मा निशंखे भन्ञ्जाङमा मन्दिर निमार्ण गर्ने क्रममा एमाले वडा कमिटी अध्यक्ष जिवन कटवालले स्थानियमाथि हातपात गरेका छन ।

वडाकमिटी अध्यक्ष कटवालले उपभोक्ता समिति गठन गर्ने क्रममा विवाद हुदाँ स्थानिय प्रदिप कटवाल माथि शनिबार कुटपिट गरेका हुन । कुटपिटबाट घाइते हुनभएको कटुवालको उपचारको लागि काठमाडौ लगिएको छ । उनको काठमाडौ स्थित बिएण्डबी हस्पिटलनमा उपचार भइरहेको छ ।

यस्तै निशंखेका माओवादीका वडा कमिटी अध्यक्ष बाबुराम कटवाल र काँग्रेसका वडा सभापति शम्बर बहादुर कटवालले समुक्त प्रेस बिज्ञप्ती जारी गर्दै दोषिलाई कारवाहीको माग गर्दै पिडितलाई उचित क्षतिपुर्तिसहित न्यायको माग गर्नुभएको छ । विज्ञप्तीमा विकास निमार्णको कामको नाममा दादागिरी स्विकार्य नहुने समेत चेतावनी दिर्ईएको छ ।

प्रकाशित मिति:     १६ माघ २०७८, आईतवार  |    Himali Khabar