प्रदेश १ ले प्रदेश पर्यटन बोर्ड गठन गर्यो

प्रदेश १ ले प्रदेश पर्यटन बोर्ड गठन गर्यो

काठमाडौं । प्रदेश १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्ड गठन गरेको छ। बैठकले ११ सदस्यीय बोर्ड गठन गरेको हो। मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था गरेको छ।

यसैगरी बोर्डको सदस्यमा अर्थमन्त्रालयका अधिकृत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रनिनिधि, पर्यटन शाखाका प्रमुख, उद्योग, पर्यटन क्षेत्रका फणीन्द्र अधिकारी (विराटनगर), देवी गौतम (सुनसरी), भीमराज राई (सोलु), उमेश घिमिरे (धनकुटा), प्रेरणा थापा (इटहरी) र इन्दिरा श्रेष्ठ (विर्तामोर्ड) लाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति:     २५ आश्विन २०७८, सोमबार  |    Himali Khabar