चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइने अभियान

चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइने अभियान

काठमाडौं । नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइने अभियान सुुरु भएको छ ।

संरक्षित जीवजन्तुको पोस्टमार्टम गरेपछि उनीहरुको पेटमा प्लास्टिकजन्य फोहोर भेटिने गरेको थियो । उनीहरुको स्वास्थ्य र जीवनमा फोहोरले प्रतिकूल असर गरेपछि फोहोर शून्य बनाउने अभियान चलाइएको हो । निकुञ्जभित्र जथाभावी फालिने फोहोरका कारण वन्यजन्तु र जैविक विविधता संरक्षणमा प्रभाव परेको भन्दै निकुञ्जलाई फोहोर शून्य बनाउने अभियान थालिएको जनाइएको छ ।

विश्व वन्यजन्तु कोषको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र प्राकृतिक संरक्षण कोषसँगको समन्वयमा क्रियसन नेपालले ‘फोहोर शून्य निकुञ्ज’को अवधारणासहित अभियान सुरु गरेको हो ।

प्रकाशित मिति:     १२ आश्विन २०७८, मंगलवार  |    Himali Khabar