काङ्ग्रेस नेता रेग्मीद्वारा स्याङ्जाको खिलुङ् देउराली स्वास्थ्य चौकीलाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

काङ्ग्रेस नेता रेग्मीद्वारा स्याङ्जाको खिलुङ् देउराली स्वास्थ्य चौकीलाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

स्याङ्जा । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत स्याङ्जाको भीरकाेट नगरपालिका वडा ६ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित युवा नेता सुर्यप्रसाद रेग्मीले खिलुङ् देउराली स्वास्थ्य चौकीलाई कोभिड-१९ विरुद्ध आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । रेग्मीले स्वास्थ्य चौकी प्रमुख युक्तनारायण अर्याललाई अक्सिजन कन्सन्ट्रेटर १ थान, ५ सय मिलिमिटरका सेनिटाइजर २४थान, पल्स अक्सीमिटर १ थान, थर्मलगन १ थान, मास्क ३ सय २० थान, फेस सिल्ड ३० थान, सर्जिकल ग्लोब्स २५ थान, पिपिइ १ थानलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेका हुन ।

रेग्मीले बाेधिसत्व विहार काठमाडाैंसंगको सहकार्यमा उक्त सामग्री उपलब्ध गराएका हुन । कार्यक्रममा स्वास्थ्य चौकी संचालक समितिका अध्यक्ष एवं वडा नं ६ का वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्री, समाजसेवी देवि प्रसाद अर्याल र दिपक राेकाहा लगायतको उपस्तिथि थियो । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख खनालले कोभिड १९ को जटिल परिस्थितिमा नगरपालिका एवं स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा बोधिसत्व विहार काठमाण्डौं र संयोजनकारी भूमिका निर्वाह गरेकोमा रेग्मी लगायतका सहयोगी मनहरूलाई विशेष धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति:     २७ भाद्र २०७८, आईतवार  |    Himali Khabar