बेलकोटगढी नगरपालिकाको कांग्रेस सभापतिमा इन्द्र बहादुर लामाको दाबेदारी

बेलकोटगढी नगरपालिकाको कांग्रेस  सभापतिमा इन्द्र बहादुर लामाको दाबेदारी

काठमाडौं । यतीबेला नेपाली कांग्रेस १४ औं महाधिवेशन होमिएको छ । स्थानीय तहदेखि केन्द्रसम्मका आकांक्षीहरु आफ्नो पक्षमा माहोल निर्माण गर्न लागिपरेका छन् ।

यसैबीच नुवाकोटमा पनि कांग्रेस निर्वाचनको रौनक थप बढेको छ । अधिकांश वडामा गएको २१ गते निर्वाचन सम्पन्न भएसँगै गाउँ–नगरको अधिवेशनको तयारी सुरु भइसकेको छ । नेतृत्वका आकांक्षीहरुले कसैले उम्मेदवारी घोषणा गरिसकेका छन् भने कोही आफ्नो पक्षमा माहोल निर्माणमा लागेका छन् ।

यस्तै बेलकोटगढी नगरपालिकाको कांग्रेस सभापतिमा युवा नेता इन्द्र बहादुर लामाले दाबेदारी घोषणा गरिसकेका छन् । स्थानीयस्तरको विकास निर्माण, महिला सशक्तिकरण लगायतका समाजिक सेवामा सक्रिय लामा मिजासिला स्वभावका कारण नुवाकोटमा निकै लोकप्रिय छन् । सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका नेता लामाले यसअघि कयौ पटक नगरपालिकाको मनोपोली र हेपाह प्रवृत्ती विरुद्ध स्थानीलाई एकजुट गरी खबरदारी गरेका छन् ।

निर्भक, निडर र निस्वार्थी उनी साबिक दुइपिपल गाबिसका पुर्ब अध्यक्ष समेत हुन । त्यो बेला लामाले गरेका कयौं कामहरुको अहिले पनि स्थानीयले खुलेर प्रशंसा गर्दछन् ।

कांग्रेसलाई देशको पहिलो र जनमुखी पार्टी बनाउँदै देशको विकास गर्न तल्लो तहदेखि नै बलियो बनाउनुपर्ने भन्दै लामाले त्यसको लागि आफूले सभापतिमा दाबेदारी प्रस्तुत गरेको बताए ।

प्रकाशित मिति:     २७ भाद्र २०७८, आईतवार  |    Himali Khabar