पशुपतिनाथको मन्दिर भदौ २५ देखि खुला गर्ने तयारी

पशुपतिनाथको मन्दिर भदौ २५ देखि खुला गर्ने तयारी

काठमाडौं । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भदौ २५ गतेदेखि सर्वसाधारणको दर्शनका लागि खुला गर्ने तयारी गरिएको छ।

कोरोना संक्रमणका कारण लागु भएको निषेधाज्ञासँगै बन्द रहेको मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको हो। गत वैशाख १६ गतेदेखि सर्वसाधारणको प्रवेशमा रोक लगाइएको मन्दिरमा नित्य पूजाबाहेक अन्य गतिविधिमा रोक लगाइएको छ।

प्रकाशित मिति:     १८ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar