ढुंगानाले व्यक्तिगत लगानीमा निर्माण गरेको नुवाकोट र धादिङ जोड्ने पुल सन्चालनमा

ढुंगानाले व्यक्तिगत लगानीमा निर्माण गरेको नुवाकोट र धादिङ जोड्ने पुल सन्चालनमा

काठमाडौं । नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं २ निवासी समाजसेवी एवम् पुर्व शिक्षक जनकराज ढुंगानाले व्यक्तिगत लगानीमा पुल निर्माण गरेका छन् । ढुंगानाले आफ्ना पिता स्व.युवराज ढुंगाना र आमा रक्मिणीकुमारी ढुंगानाको सम्झनामा तारुका २ र धादिङको निलकण्ठ नगरपालीका ५ जोड्ने खानी खोलामा पुल निर्माण गरेका हुन ।

भाद्र ७ गते ढुंगानाका बुवाको पुण्य तिथीको अवसरमा वागमती प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले पुलको उद्घाटन गरेका हुन । १३ मिटर लामो पुलको निर्माण लागत ३ लाख ९० हजार रुपैयाँ रहेको छ ।

नुवाकोटको तारुकासंगै निलकण्ठ नगरपालीकाका नागरिकहरु केउरीनी बजार आउने मुख्य नाकामा पुल बनेसंगै देउरालीखामी, पिमल खोला, डाडाँबसा, गैरीबसा,जोगीडाडाँ, धुसेनी कटेनी लगायतका स्थान नागरिकलाई यात्रामा सहज हुने ढुंगानाले बताए ।

प्रकाशित मिति:     ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar