पोखराको महेन्द्र पुल नजिकको सडक भासियो

पोखराको महेन्द्र पुल नजिकको सडक भासियो

गण्डकी । पोखराको मुटु भनेर चिनिने महेन्द्रपुल भासिएको छ । महेन्द्रपुलको गरिमा बिकास बैँक अगाडीको सडक भासिँदा स्थानीयमा त्रास पैदा भएको छ । सडकमा भ्वाङ परेपछि महेन्द्रपुल आसपासका मानिस त्रसित बनेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालका अनुसार ५ मिटर जति भासिएको हो । वर्षाका कारण भासिएको र अहिले त्यहाँ प्रहरी राखिएको छ । तत्काल डराउनुपर्ने अवस्था नरहेको बताइएको छ ।

प्रकाशित मिति:     ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar