गाउँपालिका अध्यक्षलाई पक्राउ गरी जेल पठाउन पर्वत प्रहरीलाई अदालतको आदेश

गाउँपालिका अध्यक्षलाई पक्राउ गरी जेल पठाउन पर्वत प्रहरीलाई अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत कास्कीले पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ललाई ठगी मुद्दामा पक्राउ गरी जेल चलान गर्न पक्राउ पुर्जी जारी गरेको छ ।

लेनदेन मुद्दामा जिल्ला अदालतले गत चैत २७ गते नै मल्लाई ६ महिना कैद सजाय सुनाएको थियो । गाउँपालिका अध्यक्ष मल्ललाई चार महिना बितिसक्दा पनि पक्राउ नगरेपछि अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई फैसला पत्र लेखी पक्राउ गरि अदालतमा पेश गर्न आदेश दिएको हो । ध्रुववहादुर थापा र गाउँपालिका अध्यक्ष मल्लबीचको लेनदेन विवाद अदालत पुगेको थियो । अदालतको ताकेतापछि जिल्ला प्रहरी कार्यालय पर्वतले गाउँपालिका अध्यक्ष मल्ललाई पक्राउ गर्न खोजी थालेको छ ।

अदालतको पत्रमा उनलाई जिल्ला काराकार कास्की चलान गर्न समेत भनिएको छ ।मल्ल नेपाली कांग्रेस पर्वतका प्रभावशाली नेता हुन् । निर्माण व्यवसायीसमेत रहेका उनी आगामी महाधिवेशनमा जिल्ला सभापतिका दावेदार हुन् ।

प्रकाशित मिति:     ३ भाद्र २०७८, बिहीबार  |    Himali Khabar