उपत्यकामा आजदेखि राती ८ बजेपछि सवारी सञ्चालनमा रोक

उपत्यकामा आजदेखि राती ८ बजेपछि सवारी सञ्चालनमा रोक

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएकाे छ ।मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको थियो ।

सोही अनुसार आजदेखि लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधनन सञ्चालनमा रोक लगाइएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पछिल्लो केही सातादेखि कोरोना सङ्क्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो ।

प्रकाशित मिति:     २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar