उपत्यकामा ‘नो हर्न’ अभियानलाई पुनः प्रभावकारी बनाइदै

उपत्यकामा ‘नो हर्न’ अभियानलाई पुनः प्रभावकारी बनाइदै

काठमाडौं । उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन हिजोदेखि स्टिकर टाँस्न थालेको छ ।

उपत्यकामा २०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि हर्नको प्रयोगमा कमी आउनुको साथै सुरवाती दिनमा यसको कार्यान्वयन प्रभावकारी भएको थियो । तर पछिल्ला दिनहरुमा हर्नको प्रयोगमा वृद्धि हुँदै गएकाले प्रहरीले पुन अभियान सुरु गरेको हो । महाशाखाले उक्त स्टीकर चालकले देख्ने गरी अगाडिको सिसामा टाँस गरिएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले उक्त अभियानलाई प्रभावकारी बनाउन आजैबाट उपत्यकाको ३८ ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टीकर टाँस गरी अभियान सुरु गरेको जानकारी दिए ।

प्रकाशित मिति:     २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar