मोटा प्रहरीलाई जिल्ला झिकाएर दौडाउन सुरू

मोटा प्रहरीलाई  जिल्ला झिकाएर दौडाउन सुरू

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले शारीरिक रूपमा मोटा देखिने प्रहरी जवानदेखि सबैलाई दैनिक दौडाउन सुरू गरेको छ। नयाँ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जिल्लामा आएको दोस्रो दिनदेखि नै त्यस्तो अभियान सुरू भएको हो।

जिल्लाका बिभिन्न स्थानमा कार्यरत मोटा प्रहरीलाई जिल्ला झिकाएर दैनिक दौडाएर फिट भएपछि पुनः सम्बन्धित कार्य क्षेत्रमै खटाइने छ । जागिर खाने कोही त यति मोटाएका छन् कि राम्रोसँग हिँड्न पनि सक्दैनन्,’ एसपी काफ्लेले भने, ‘जो आफैँ राम्रोसँग हिँड्न सक्दैनन्, उनीहरुलाई दौडाएर, पिटी खेलाएर फिट पार्ने मेरो योजना हो।’

दाङ सरूवा भएर आएको दोस्रो दिनदेखि एसपी दौडिन थालेपछि डिएसपीलगायत सबै शारीरिक रूपमा ‘अनफिट’ प्रहरीहरू दौडिन र व्यायाम गर्न थालेका छन्।

प्रकाशित मिति:     १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar