कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ, भोकमरीको चपेटामा नपर्ने सङ्केत

कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ, भोकमरीको चपेटामा नपर्ने सङ्केत

काठमाडौं । यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । गत वर्ष उक्त प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हुँदा ३८ हजार ३८५ हेक्टर क्षेत्रफल धान उत्पादनका लागि उपयोग भएको छ ।

यो बर्ष समयमा र अविरल वर्षा भएकाले यस वर्ष कर्णाली भोकमरीको चपेटामा नपर्ने सङ्केत देखिन्छ । नेपालका अर्थतन्त्रमा धानको ठूलो महत्व छ । यसको उत्पादन वृद्धि हुँदा अर्थतन्त्र बलियो हुन्छ । घट्दा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा असर पर्छ भने उत्पादन बढ्दा जीडीपी माथि उक्लन्छ । जीडीपीमा यसको योगदान १२ प्रतिशत छ ।

प्रकाशित मिति:     १६ श्रावण २०७८, शनिबार  |    Himali Khabar