यात्रुको छुटेको नगद र सुनका गहना बुझाउने चालक सम्मानित

यात्रुको छुटेको नगद र सुनका गहना बुझाउने चालक सम्मानित

काठमाडौं । शुक्रबार एक यात्रुको छुटेको झोलमा राखिएको नगद र सुनका गहना प्रहरी कार्यालयमा आई बुझाउने दाङ्गका एक अटो चालकलाई प्रहरीले सम्मान गरेको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–७ निवासी मतिकला बुढा घोराही–१३ बसपार्कबाट तुल्सीपुरचोक सम्म रा १ ह २१५३ नम्वरको अटो चढेर जाने क्रममा आफ्नो कालो रंङ्गको झोला अटो मै भुलेर हिँडेकी थिइन् ।

अटोका चालक घोराही –१३ बस्ने २९ बर्षीय रामप्रसाद झाँक्री मगरले झोलाभित्र ३७ हजार नगद र १ तोला सुनको सिक्री देखेपछि जिल्ला प्रहरी कार्यालय दाङ्गमा बुुझाउन पुगेका थिए । उनले प्रहरीकै रोहवरमा सम्वन्धितलाई बुझाएकोमा सम्मान गरेको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रकाशित मिति:     २६ असार २०७८, शनिबार  |    Himali Khabar