न्वागी (छोनाम)को अवसरमा भदौ २२ गते मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा

न्वागी (छोनाम)को अवसरमा भदौ २२ गते मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा

हेटौँडा । बागमती प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यससँगै सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बुढानीलकण्ठ ५ काठमाण्डौकी कृष्ण कुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरि प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्विकृत गर्ने निर्णय गरेको छ । उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिज सहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्विकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यसै गरि ग्रामीण सडक सञ्जाल सुधार आयोजना – एएफ (RCIP-AF) सञ्चालनका लागि म्याचिङ्ग फण्डको सुनिश्चितता गरि नेपाल सरकार, एशियाली बिकास बैंक र मन्त्रालयबिच आयोजना सम्झौता गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिवलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति:     १९ भाद्र २०८०, मंगलवार  |    Himali Khabar