स्पेनलाई पेनाल्टीमा हराउँदै इटली युरोकपको फाइनलमा

स्पेनलाई पेनाल्टीमा हराउँदै इटली युरोकपको फाइनलमा

काठमाडौं । स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ ।

स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा गएराति भएको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई ४-२ ले पराजित गरेको हो ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

इटलीका मानुएल लोकाटोलीको पहिलो प्रहार नै स्पेनका गोलकिपर उनाइ सिमोनले बचाएका थिए । तर त्यसको फाइदा स्पेनले लिन सकेन । स्पेनका डानी ओल्मोको प्रहार पोष्टबाट बाहिर गयो ।

त्यसपछि इटलीका लागि आन्द्रे बेलोट्टी, लिओनार्दो बोनुची र जर्गिन्होले गोल गरे । स्पेनका लाग जेरार्ड मवरेनो र थियागो अलकान्टाराले गोल गरे ।

निर्धारित समयमा गोल गरेका अल्भारो मोराटाको पेनाल्टी प्रहार भने इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले बचाए ।

प्रकाशित मिति:     २३ असार २०७८, बुधबार  |    Himali Khabar