बाढीमा फस्नु भयो ? उद्धारका लागि ११४९ मा सम्पर्क गर्नुहोस्

बाढीमा फस्नु भयो ? उद्धारका लागि ११४९ मा सम्पर्क गर्नुहोस्

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र बाढीबारे तथा तत्काल उद्धारका लागि सम्पर्क नम्बर उपलब्ध गराएको छ।
देशका विभिन्न क्षेत्रको वर्षा र बाढीबारे थाहा पाउन ११५५ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।

यस्तै, विपद्मा परेकाले उद्धारका लागि ११४९ मा सम्पर्क गरी सहायता लिन सकिने प्राधिकरणको भनाइ छ। केही दिनयता अविरल वर्षाका कारण देशभरका विभिन्न स्थानमा डुबानमा पर्नुका साथै भौतिक एवम् मानवीय क्षती समेत भइरहेको छ ।

प्रकाशित मिति:     २ असार २०७८, बुधबार  |    Himali Khabar