धरानमा एम्बुलेन्समा १ सय केजी गाँजा भेटियो

धरानमा एम्बुलेन्समा १ सय केजी गाँजा भेटियो

सुनसरी। प्रहरीले निषेधाज्ञाका बेला एम्बुलेन्सबाट १०० केजी लागूऔषध गाँजा बरामद गरेको छ। धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले गाँजा बरामद गरेको हो।

प्रहरीले एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने बलबहादुर लिम्बू र सोही उपमहानगरपालिका–११ बस्ने पोषन राईलाई पक्राउ गरेको जनाएको छ। भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो।

प्रकाशित मिति:     ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar