प्रहरीले १० हजारभन्दा बढी अक्सिजन सिलिण्डर संकलन गर्‍यो

प्रहरीले १० हजारभन्दा बढी अक्सिजन सिलिण्डर संकलन गर्‍यो

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट करीब १० हजार अक्सिजन सिलिण्डर संकलन गरिएको छ। संकलन गरिएका सिलिन्डर अस्पताल र उद्योगमा वितरण गरिएको प्रहरीले जनाएको छ।

नेपालमा कोभिड –१९ संक्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर खोजी अभियान थालेको थियो। सोही क्रममा १० हजार २६ सिलिण्डर संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आवश्यकताभन्दा बढी अक्सिजन राख्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा राखिएका अक्सिजन सिलिण्डर संकलन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:     १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar