हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ, २१ भन्दा बढी नगद बरामद

हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ, २१ भन्दा बढी नगद बरामद

मोरङ। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ बिहीबार गरेको छ। पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–१३ बस्ने श्रवण साह, रंगेली नगरपालिका–१ बवियाविर्ता बस्ने जिज्ञासा चौधरी र विराटनगर महानगरपालिका–१३ झमेली चोक बस्ने अमृतकुमार साह सुडी रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले नगद २१ लाख ७१ हजार ५ सय रुपैयाँ, २३ हजार भारतीय रुपैयाँ र ५ थान विभिन्न बैंकका चेक बरामद गरेको छ।

प्रकाशित मिति:     ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar