मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोज्ने चिनियाँ पक्राउ

मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोज्ने चिनियाँ पक्राउ

काठमाडौं, १८ चैत । दरबारमार्गस्थित मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ गरिएको हो।

परिसरका अनुसार सिआओलङले एटिएम ह्याक गरी पैसा निकाल्न खोजिरहेका थिए। उनी एटिएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजिरहेका थिए।

प्रकाशित मिति:     १८ चैत्र २०७७, बुधबार  |    Himali Khabar