काठमाडौंमा होली भनेर एसिड छ्याप्दा ३ बालबालिका घाइते

काठमाडौंमा होली भनेर एसिड छ्याप्दा ३ बालबालिका घाइते

काठमाडौं, १६ चैत । काठमाडौंको शंखरापुरमा होली भनेर एसिड छ्याप्दा तीन जना बालबालिका घाइते भएका छन् । घाइते हुनेमा १६ वर्षीया एक बालिका र ११ र ९ वर्षका दुई बालक रहेको महानगरीय प्रहरी कार्यालय बौद्धका डिएसपी नवीन कार्कीले जानकारी दिए ।

उनीहरूको हात र अनुहार जलेको छ। घाइते तीनै जनाको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। एसिड घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा १७ वर्षीय पवन पहारी, १८ वर्षीय आकाश तामाङ र एसिड धनी केशव नेपाल रहेका छन्। उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको डिएसपी कार्कीले बताए।

प्रकाशित मिति:     १६ चैत्र २०७७, सोमबार  |    Himali Khabar