ग्रीनहाइड्रोजन क्रान्तिमा ग्रीनजोको अग्रगामी भूमिका, भारतको नेतृत्वमा नेपालले पनि लिन सक्छ लाभ

ग्रीनहाइड्रोजन क्रान्तिमा ग्रीनजोको अग्रगामी भूमिका, भारतको नेतृत्वमा नेपालले पनि लिन सक्छ लाभ

कार्वन उत्सर्जनले विश्वआक्रान्त बनेका बेला हरित हाइड्रोजन अर्थात ग्रीन हाइड्रोजन जलवायु परिवर्तनको असरलाई कम गर्न फलदायी बन्ने उपायका रुपमा लिन थालिएको छ । दक्षिण एसिया र भारतमा ग्रीनहाइड्रोजन अभियानकै रुपमा अघि बढ्दैछ । त्यसको भरपुर फाईदा नेपालले पनि लिनुपर्छ । जलवायु परिवर्तनको असरले पुर्याएको क्षतिबाट समस्यामा परेको नेपाललाई ग्रीन हाइड्रोजनको अभियानले प्राकृतिक, आर्थिक र सामाजिकरुपमै फाइदा पुर्याउँछ । दिगो उर्जाको उपयोगितालाई बढाउन यो प्रयास फलदायी हुनेछ ।

यो अभियानमा भारतीय पब्लिक लिमिटेड कम्पनी ग्रीनजो इनर्जी इन्डिया लिमिटेड जोडिएको छ । उसले आफ्नो साहसिक कदमका रुपमा राष्ट्रिय सीमानापार गर्दै उर्जा क्षेत्रको क्रान्तिस्वरुप ५० मेगावाटको हाइड्रोजन परियोजना स्थापित गर्न नेपालसँग सम्झौतापत्र एमओयूमा हस्ताक्षर गरेको छ । यो ऐतिहासिक सहयोगले दिगो उर्जा समाधानका लागि मुलुकको साझा प्रतिबद्धतालाई मात्र जोड दिंदै बढ्दो ग्रीन हाइड्रोजन बजारमा नेपालको महत्वलाई पनि हाइलाइट गर्छ ।

ग्रीनहाइड्रोजन क्रान्तिमा भारतको अग्रगामी भूमिका

विश्वव्यापी ग्रीन हाइड्रोजन क्रान्तिको अग्रभागमा रहेको भारतले आफूलाई यो अभियानमा नेतृत्वदायी भूमिका दिलाउने गरी काम थालेको छ । ग्यास तथा पेट्रोलियम पदार्थ क्षेत्रका हस्तिहरु ओइल एण्ड नेचुरल ग्यास कर्पोरेशन (ओएनजीसी), हिन्दूस्तान पेट्रोलियम कर्पोरेशन लिमिटेड (एचपीसीएल) र गेल इण्डिया लिमिटेडले समेत हरित हाइड्रोजनमा बलियो प्रतिबद्धता व्यक्त गरेका छन् । यो प्रतिबद्धतालाई बलियो बनाउने गरी दूरदर्शी सरकारी नीतिहरु बनाइएका छन् । जसले अत्याधुनिक इलेक्ट्रोलाइजर प्रविधिको स्वदेशी उत्पादन र प्रोत्साहनलाई श्रृंखलाबद्धरुपमा समावेश गरिएको छ । नेट शून्य उत्सर्जन (एनजेडइ) मा भारतको अभियानसहितको यात्रालाई क्षेत्रगत दायित्वहरु, ग्यास नेटवर्कको मिश्रण, पाइपलाइनहरु र अन्य प्रयोगकर्ताका लागि रणनीतिक प्रोत्साहन गरिएको छ ।

नेभिगेटिङ रेगुलेटरी वाट्र्स ः दिगो वित्तव्यवस्थापनको एक ब्लूप्रिन्ट
यूरोपियन युनियन (इयू)को सस्टेनेबल फाइनान्स डिस्क्लोजर रेगुलेसन अन्तर्गत प्रतिष्ठित हरित ट्याग सुरक्षित गर्न मापदण्ड पालना आवश्यक छ । हाइड्रोजन मूल्य श्रृंखलालाई सुदृढ गर्दै बजार भित्र आत्मविश्वास जगाउन युरोपेली हाइड्रोजन बैंक ९इएचबी० स्थापना भएको छ । यो यस क्षेत्रका लागि कोसेढुंगा सावित गरेको छ ।

ग्लोबल डाइनामिक्स : बियन्ड युरोपियनशोर्स

यूरोपेली राष्ट्रहरुले अग्रपंक्तिमा उभिएर यो अभियानमा बल दिएका छन् । जस्तो डेनमार्क र जर्मनीले गति तय गर्दा युरोपेली सिमाना बाहिर पनि हरित हाइड्रोजनमा महत्वपूर्ण उपलब्धिका रुपमा कोशेढुंगा बनेको छ । पूर्वाधार बृद्धिले युरोपेली सीमाभन्दा बाहिर विशेष गरी उत्तर अफ्रिका र मध्यपूर्वका नवीकरणीय उर्जाको समृद्ध क्षेत्रमा राम्रो संकेत गरेको छ । यो विस्तारित दृष्टिकोणले विश्वव्यापी समृद्धिका लागि बढावा दिन्छ ।

ग्रीनजोको दूरदर्शी लगानी : इलेक्ट्रोलाइजर निर्माण प्लान्ट

यो अभियानमा महत्वपूर्ण आयाम थप्दै ग्रिनजो इनर्जी इण्डिया लिमिटेडले सानन्दजी आइडीसीमा इलेक्टोलाइजर उत्पादन प्लान्ट स्थापना गर्नका लागि आचार्य जनकरुपमा ३ हजार ५ सय करोडको लगानी गर्दैछ । यो स्मारकीय परियोजना भारतीय संघीय गृहमन्त्री अमित शाह र गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलको उपस्थितिमा गएको अक्टोबर २४, २०२३ मा सुरुवात गरिएको छ । यो अभियानमा विशिष्ट व्यक्तित्वको चासो र सहयोगले थप उत्सािहत बनाएको छ । ग्रीनजो इनर्जीका प्रबन्धनिर्देशक सन्दीप अग्रवालका अनुसार कम्पनीले ग्रीनहाइड्रोजन क्षेत्रका लागि १, २ र ५ मेगावाटको अलकलाइन इलोकट्रोलाइजर उत्पानको तयारी भएको छ । पहिलो चरणमा ३ सय ५० करोड रुपैयाँ आवश्यक रहँदा पाँचवर्षका लागि मल्टि विलियन लगानीको योजना रहेको छ । यो प्लान्टको पहिलो चरणको काम सकिदा १२५ मेगावाटको क्षमता रहन्छ, यो महत्वकाक्षीं परियोजनामायसको क्षमता हरेक दुईवर्षमा दोब्बर हुँदैजान्छ । अन्तिम लक्ष्य चारदेखि पाँचवर्षमा १ गिगावाट हुन्छ ।

ग्रीनजो इनर्जीका प्रबन्धनिर्देशक सन्दीप अग्रवाल

अग्रवालले महत्वकांक्षी समयलाई जोड दिंदै, ग्रीन हाइड्रोजन प्रविधिलाई अगाडि बढाउन अत्यावश्यकता र प्रतिवद्धतालाई उजागर गर्दै सात महिना भित्र प्लान्ट पूरागर्ने लक्ष्य राखेको बताउनुभएको छ । ग्रीनजो इनर्जीले पहिले नै १ हजार १ सय करोड रुपैयाँ बराबरको अर्डर बुक गरिसकेको छ, यो भनेको ग्रीनइनर्जीका लागिबढ्दो बजारको प्रमाणहो । सानन्दजी आइडीसी अहमदाबाद गुजरातमा १३ हजार ७ सय १७ वर्गमिटर जग्गा सुरक्षित गरिएको छ । ग्रीनहाइड्रोजन उत्पादनमा भारतको लक्ष्यप्राप्त गर्न ग्रीनजो इनर्जी लिमिटेडको अभियानबलियो सहयोगी बन्ने विश्वास गरिएको छ ।

निश्कर्षः हरित भविष्यका लागि साथ साथै

ग्रीनजो इनर्जीले नेपाल र भारतबीचको परिवर्तनकारी साझेदारीका लागि अग्रगामी रूपमा विश्वव्यापी ग्रीनहाइड्रोजन क्रान्तिमा नेतृत्व लिने क्रममा भविष्यको आशा जगाएको छ । यो सीमापार पहलमा जलवायु परिवर्तन विरुद्ध लड्ने आवश्यकतालाई मात्र रेखांकित गरेको छैन, सामुहिक दृष्टिकोणलाई पनि एकतावद्ध गरेको छ । यो भिजनमा राष्ट्रहरुको उद्देश्यमा एकजुट भएर दिगो र लचिलो भविष्यका लागि बाटो बनाउँछ ।

प्रकाशित मिति:     २९ मंसिर २०८०, शुक्रबार  |    Himali Khabar