काभ्रे । नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नम्बर २ ले प्रदेश सभा (क) को प्रत्यक्ष तर्फको उम्मेदवारमा होमराज चौलागाईंलाई सिफारिस गरेको छ ।
चौलागाईंलाई प्रदेश सांसद उम्मेदवार बनाउन माथिल्लाे तहमा सिफारीस गरेकाे हो । उनी राजनीति र समाजसेवाम निकै सक्रिय छन् । उद्यमी चौलागाईं स्थानीय विकास निर्माणमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएका छन । त्यसकारण पनि सो क्षेत्रमा उनलाई बलियो दाबेदारको रुपमा हेरिएको छ ।
सरकारले आगामी मङ्सिर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन घोषणा गरेको छ ।