धादिङ- १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा अधिकारी सिफारिस

धादिङ- १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा अधिकारी सिफारिस

काठमाडौं । नेपाली कांग्रेस धादिङ क्षेत्र १ बाट आसन्न संघीय निर्वाचनको उम्मेदवारमा विकास अधिकारीको नाम पनि सिफारिस भएको छ । क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा अधिकारी पनि सिफारिसमा परेका हुन ।

सिफारिसमा परेका मध्य उनी सबै भन्दा कम उमेरका नेता हुन । उनी नेपाल विद्यार्थी संघको राजनीतिमा सकृय छन् । प्रतिनिधिसभा सदस्य पदको उम्मेदार बन्न सहयोग गर्नुहुने सम्पूर्णमा उनले आभार प्रकट गरेका छन् ।

धादिङ काङ्ग्रेसले युवालाई विश्वास गरेको भन्दै उनले अब हरेक क्षेत्रमा युवा नेतृत्वलाई प्राथमिकता दिनुपर्ने बताए । सरकारले संघीय र प्रादेशिक निर्वाचन मङ्सिर ४ गतेका लागि घोषणा गरेको छ ।

प्रकाशित मिति:     १७ भाद्र २०७९, शुक्रबार  |    Himali Khabar