लौरो अभियानले काठमाडौंसहित ९ क्षेत्रमा गर्‍यो उमेदवार घोषणा

लौरो अभियानले काठमाडौंसहित ९ क्षेत्रमा गर्‍यो उमेदवार घोषणा

काठमाडौं । स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले काठमाडौंसहित ९ निर्वाचन क्षेत्रमा उमेदवारको नाम सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा अभियानले उमेदवारको नाम घोषणा गरेको हो ।

सुमन सायमीको नेतृत्वमा रहेको अभियानले काठमाडौं ५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं ८ मा सुमन सायमी, ९ मा विद्या श्रेष्ठ,भक्तपुर २ मा दरोस्तभ लोकेन्द्र, कास्की २ मा सिरीष गुरुङ, रौतहट १ मा राहुल मिश्र, रुपन्देही ५ मा भिष्म राना र उदयपुरमा गजेन्द्र महतलाई उमेदवार बनाएको हो ।

प्रकाशित मिति:     १६ भाद्र २०७९, बिहीबार  |    Himali Khabar